BANSALOCHAN
लेखन हुन् कवयित्रि समा श्री । उनका कवितामा नारी मनका पीडामात्रै छैनन्, आक्रोश र विद्रोह आराधना हो । काव्य कला हुने सधैँ अर्चना गर्छन् सिर्जनाको । कविताकै आरती गाउने काव्यशिल्पी पनि मेघ-मशालका रुपमा दन्केका छन् । अनुभूत गर्ने कुरा हो- त्यसले कसैलाई पोल्छ, कसैलाई न्यानो दिन्छ । उद्वेलित मन निकास खोज्छ- विचारको । मनको अङ्कुरण जब विचारबाट फुट्छ- त्यो बाँसको आँख्लोभन्दा पनि कडा र कठोर बन्छ । यसै कारण सहज रुपमा लेखिएका कविता बुझ्न दिल-दिमाग लगाउनुपर्छ । काव्यसृष्टिको परम्परामा वंशलोचनाले त्यस्ता सन्तानको खोजी गरेको छ- जो कविताकै लागि जिद्दि गरुन् । आफ्ना अनुभूतिलाई कविता कलाले सिँगार्न सिपालु कवयित्रिको कवितायात्रा अनन्त देख्छु । हार्दिक शुभ-कामना ।
-रमेश पौडेल
लेखकः समा श्री
प्रकाशकः शब्दहार क्रियशन
वितरकः श. क्रि.
US$ 1.45